बुम, युनियन र सगरमाथाबिच सम्झौता

काठमाडौं(कास)—युनियन फाइनान्स, सगरमाथा फाइनान्स र बुम रेमीट्यान्स बिच सम्झौता भएकोछ । १० गतेदेखि लागुहुने गरि गरिएको सम्झौतामा बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम युनियन फाइनास र सगरमाथा फाइनान्सका सबै शाखाहरु मर्फत भुक्तानी गरिनेछ ।

साथै बुम रेमीटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण –पठाउने ) कार्य गर्नका लागि सम्झौता भएको हो । बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तका अनुसार बुम रेमीटको नेपालमा ७५ जिल्लामा ४ हजार भन्दा बढि प्रतिनिधी रहेको छन् ।
माल्दिभ्स र खाडि मुलुकमा समेत रेमिट्यान्सको कारोवार गर्दै आएको छ धिरेन्द्रले बताए । र छिट्टै नै चाडैनै हङकङ, मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्ेरलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।