दुईतिहाइ पुर्‍याउन सरकारलाई गाह्रो

माघ ७, काठमाडौं – विधेयकको पक्षमा दुईतिहाइ मत पुर्‍याउन साना दललाई फकाउने सरकारको प्रयास जारी छ । त्यही रणनीतिअन्तर्गत बिहीबार एक–एक सिट भएका प्रेमबहादुर सिंह र कुमार खड्कालाई मन्त्रिपरिषद्मा सहभागी गराइएको छ ।

राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याउने र विधेयकको पक्षमा उभ्याउने प्रधानमन्त्रीको प्रयास जारी छ । दुवै पार्टी सरकारमा आए विधेयकको पक्षमा स्पष्ट दुईतिहाइ मत पुग्छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
राप्रपा र फोरम लोकतान्त्रिक सरकारमा आए एमालेका केही मधेसी सांसदलाई पनि प्रभावित पार्न सकिने सरकारको बुझाइ छ ।
एक सांसद रहेको नेपाः पार्टीका सांसद लक्ष्मण राजवंशीलाई पनि विधेयकको पक्षमा उभिन उनकै पार्टीभित्रबाट ठूलो दबाब सिर्जना गरेको थियो । आन्तरिक कलह बढ्दै गएपछि राजवंशीले बौद्धिक गणतान्त्रिक परिषद् नामक छुट्टै पार्टी दर्ता गरे, तर मानेनन् ।
मत जोगाउने विपक्षीको रणनीति
विधेयक पारित गर्न दुईतिहाइ (३९६ सांसद) आवश्यक पर्छ । संशोधन विधेयकको विपक्षमा रहेका एमालेसहितका नौ दलसँग २०१ सांसद छन् । यो संख्या एमालेले जोगाइराखे विधेयकको पक्षमा दुईतिहाइ पुग्दैन । अहिले एमालेको जोड यही मत जोगाउने पक्षमा छ ।
सरकार र विपक्षी कतातिर लाग्ने भन्ने स्पष्ट खुलिनसकेका राप्रपा र लोकतान्त्रिक फोरमलाई सरकारमा जान नदिन एमालेले जोड गरेको छ । २०१ संख्या मात्रै जोगाइराख्न सके सरकारले ल्याएको संशोधन विधेयक फेल हुनेमा एमाले ढुक्क छ । त्यसैमा उसको जोड छ ।