१० महिनामा पनि पदाधिकारी नियुक्त गर्न नसक्ने सभापति!

माघ ३, काठमाडौं – नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते कांग्रेसलाई विधि विधान र पद्धतिमा डोहोर्‍याउने बताएका थिए । उनले सुशील कोइरालाई पराजित गर्दै सभापति जित्न पनि सफल भए ।

औपचारिक रुपमा कांग्रेसको नेतृत्व संहालेको १० महिना वितिसकेको छ, तर तिनै देउवाले पार्टीको बिधानले बाँधेका थुप्रै काम पूरा गर्न सकेका छैनन्। यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ।
१० महिने कार्यकालमा उनले भातृ संगठनको महाधिवेशन गरे, बाम गठबन्धन तोड्न सफल भए भने संसदीय दल र कार्यसमितिको निर्वाचन गराउन सफल भए।
तर उनी चार चरणमा १२ सदस्य मनोनयन गर्न असफल भए । त्यसमध्ये ३ जना मनोनित गरे पनि ९ जना अझै बाँकी छ ।
बिधान अनुसार २ महिनामा गठन हुनुपर्ने बिभाग अलपत्र परेको छ भने उपसभापति र महामन्त्रीको मनोनयन अझै हुन सकेको छैन ।