बदाम खानुका ९ फाइदाहरु

 

काठमाडौं —जाडो मौसममा घाम ताप्दै बदाम खानेहरु यत्रतत्र देखिन्छ। धेरैले घाम ताप्दाको साथी सम्झेर बदाम खान्छन्। तर बदाम जुनै मौसममा खाए पनि त्यसले फाइदै गर्छ। पौष्टिक तत्वयुक्त बदाम खाँदा हुने फाइदा यस्ता छन्ः

तौल नियन्त्रण ः  बदाम खाँदा पेट छिट्टो डुम्म हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन। धेरै खाने इच्छा नहुँदा मोटा मानिसको

तौल घट्न सक्छ। मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन्।

क्यान्सरबाट बचाउँछ ः  बदाममा ‘फाइटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ। फाइटोस्टेरोलले आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ।

कोलेस्टेरोल तह नियन्त्रण  ः बदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ।

डायबिटिजबाट जोगाउँछःः   बदाममा हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ‘ब्लड सुगर’को तह कायम राख्न सघाउँछ। यसले डायबिटिजको समस्याबाट जोगाउँछ।

स्ट्रोकको खतरामा कमी ः बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन्। जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ।

डिप्रेसनबाट जोगाउँछ  ः  बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनाबबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस्।

शिशुलाई फाइदा ः बदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस (दिमाग, स्पाइनल र स्पाइनल कर्र्डमा जन्मँदै देखिने समस्या) भएको शिशुलाई फाइदा पुर्याउँछ। तसर्थ, गर्भाधारणको सुरुदेखि नै यस्ता समस्याबाट बच्न महिलाले बदाम खानुपर्छ।

छालामा चमक ः  बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ। बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ। बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ। नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन।

सुन्दर कपाल  ः बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु हुन्छन्। तीमध्ये एउटा तत्व ‘लार्जिनाइन’ हो, जसले कपाल बृद्धि गर्न सहयोग गर्छ। लार्जिनाइनले कपाल झर्नबाट पनि जोगाउँछ।