बुम रेमिट्यान्स विदेशमा पनि पुग्ने

कठमाडौं—राजधानीमा शनिबार बुम रेमिन्टान्स प्रालिको सातौं बार्षिक साधारण सभा सम्पन्न भएकोछ । सोल्टीमोड ग्रान्ड होटलमा गरिएको कार्यक्रममा शेयर सदस्यहरुको उल्लेखनीय उपस्थीति थियो । जसमा संस्थाको प्रगति विवरण र पञ्चबर्षीय योजनामाथि प्रकाश पारिएको थियो । प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले नेपालमामात्रै नभई विदेशमा समेत संस्थाले ख्याति कमाएको दावा गरे । उनले छोटो समयमै राम्रो पहिचान स्थापीत गर्न सक्नु संस्थाको लागि सकरात्मक पाटो रहेको बताए ।

संस्थापक शेयर सदस्य प्रसान्त विक्रम मल्लले कार्यक्रम सचांलन गरेका थिए भने अध्यक्ष प्राणेश शर्माले सभापतित्व ग्रहण गरेका थिए । अध्यक्षका अनुसार बुम रेमिट्यान्सले नेपाल भर ७५ जिल्लामा ४ हजार भन्दा बढि प्रतिनिधी रहेको दावा गरे । यसै गरि हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । छिटै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्ेरलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने योजना रहेको अध्यक्षले जानकारी दिए । प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले चाहि आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै लैजाने बताए । त्यसै गरि बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने विश्वास दिलाए । कार्यmममा बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गर्ने, नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्न सक्ने वातावरण सिर्जना गर्ने समेत बताए । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी पनि धिरेन्द्रले दिए ।