उच्च अदालतमा न्यायाधीश बन्न दौडधुप

पौष २३ , काठमाडौं— लगातार बसेको न्याय परिषद् बैठकसँगै उच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रधानन्यायाधीश तथा परिषद् अध्यक्ष सुशीला कार्कीसहित परिषदको शुक्रबार बसेको बसेको बैठक कुन समूहबाट कतिजना न्यायाधीश बनाउने भन्नेबारे मोटामोटी निश्कर्षमा पुगेको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
न्यायाधीश नियुक्तीको तयारी भइरहेका बेला दबाव र भनसुनका लागि न्यायापरिषद पदाधिकारीहरुको कार्यालय र घरमा आकांक्षीहरुको दौडधुप चलेको छ।
उच्च अदालतका लागि ८० जना न्यायाधीशको समूहगत कोटा निर्धारण भइसकेको छ । जिल्ला न्यायाधीशबाट ३७, कानून व्यवसायीबाट ३१, न्याय सेवाका उच्च अधिकृतबाट ६, सरकारी वकिलबाट ४ र कानून समूहबाट ३ जना न्यायाधीश सिफारिस गरिनेछ ।