उपत्यका बन्दको सामान्य प्रभाव

पुस २० , काठमाडौं – काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारका कारण आफूहरु मारमा परेको भन्दै सडक विस्तारपीडित संघर्ष समितिले वुधबार आहृवान गरेको उपत्यका बन्दको सामान्य प्रभाव परेको छ ।राजधानीका सडकमा निजी सवारसाधन गुडे पनि सार्वजनिक सवारी साधन भने निकै कम गुडेका छन् । सार्वजनिक सवारी साधन नगुड्दा सर्वसाधारण नागरिकको दैनिकी प्रभावित भएको छ । बजारका पसलहरु पनि अरु दिनको तुलनामा कम खुलेका छन् ।

सडक विस्तारपीडित संघर्ष समितिले सडक विस्तार गर्दा जग्गाको उचित मुआब्जा र भत्कने घरको क्षतिपूर्ति पाउनु पर्ने भन्दै उपत्यका बन्दको आहृवान गरेको हो ।