जुम्लाको चन्दननाथ मन्दिरबाट हराएका मध्ये केही मूर्तिहरु भेटिए

पुस १९, जुम्ला —  जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट हराएका केही मूर्तिहरु भेटिएका छन् । कर्णाली अञ्चलकै प्रशिद्ध चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति मूर्तिहरु चोरी भएका थिए । हराएका मूर्तिहरुमध्ये ११ वटा फेला परेको जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । भेटिएमामध्ये दुईवटा शंखसमेत रहेको बताईएको छ । एघार वटा भेटिएको जानकारीमा आएपछी आफु सदरमुकामबाट करिब तीन घण्टाको पैदल दुरीमा पर्ने मुर्ती भेटिएको भनीएको स्थलतर्फ आफु जादै गरेको पण्डितले जानकारी दिनुभयो ।
स्थानीय महिलाले खेत र खोलामा मूर्ति देखेपछि प्रहरीसम्म खबर पु¥याइएको थियो । मूर्तिलाई सदरमुकाम ल्याउने तयारी भइरहेको छ । मूर्तिको पखाईमा चन्दननाथ मन्दिर अगाडि भक्तजनहरुको घुइँचो लागेको छ । मूर्ति चोरी भएपछि सिआइवीको टोली जुम्लामै पुगेर अनुसन्धान थालेको थियो ।
मन्दीरबाट १६ वटा मूर्ति चोरी भएका थिए । चन्दननाथ मन्दिरमा रहेको मुख्य दत्तात्रयको त्रिमूर्ति सहित मन्दिरमा रहेका गौतम बुद्ध, कृष्ण, महाकाललगा देवताहरुको मूर्ति चोरी भएको हो । सुनको गजुर, देवताकोपाइला, बहुमूल्य दायाँ र बायाँशंख, सिंहासन पनि चोरी भएका थिए । कर्णाली अञ्चलकै पर्यटकीय एवं धार्मिकस्थल चन्दननाथ मन्दिरमा चोरी हुँदा जुम्ला पुरै आक्रोशित बनेको छ ।