अस्ट्रेलियामा रयाम्बो र रोजालिनको हट रोमान्स ‘भिडियो’ सार्बजनिक

पुस १३, काठमाडौं — नेपालमा हुँदा पनि नीकै धेरै गाल पर्दै आएको थियो समीरलाई तर अष्ट्रेलीयामा पनि समीरलाई गाल परेको छ तर कुनै सुरा सुन्दरीको हैन, गाल परेको चाही उनको नयाँ गीतको कुरो हो । गत महीना मात्र चट्ट सलाम छ बोलको देउडा गीत ल्याएर सांगीतिक बजार तताईरहेका समीरले फेरी अर्को दमदार गीत लिएर आएका छन । राजुबाबु श्रेष्ठको शब्द,अनिस श्रेष्ठको संगीत र समीर आचार्यको स्वर रहेको गीतको म्यूजिक भिडियो यहि साता सार्वजनीक भएको छ । अष्ट्रेलीयामा बसोबास गर्दै आएका अहिलेका निकै नै ब्यस्त निर्देशक जीवन रसायलीले निर्देशन गरेको भिडियोमा र्याम्बो अधिकारी र रोजालीन बसुको अन स्क्रीन रोमान्स देख्न सकीन्छ । अष्ट्रेलीयाका विभीन्न ठाउँहरुमा छायांकन गरीएको भिडियोमा आधुनिक पहिरनका साथै नेपाली भेष भुषामा पनि सजीएर रमाईलो गरेको देख्न सकिन्छ । यस भिडियोमा र्याम्बो र रोजालीनको उत्कृट प्रस्तुतीका साथै समीर आफैको पनि स्क्रीन फीचर निकै राम्रो भएको छ । आठ वर्षको अष्ट्रेलीयाको बसाईका क्रममा त्यहाँबाटै नेपाली संगीतमा एक पछि अर्काे हिट गीत बजारमा ल्याईरहेका समीर यो गीत पनि श्रोता दर्शकहरुले मन पराईदिनेमा ढुक्क छन ।

भिडियोको लागी क्लिक गर्नुहोस ………