गाई हत्याको विरोधमा आज मध्यपश्चिम बन्द

पुस १२, सुर्खेत- कैलालीको गोदावरीमा पुस ५ गते भएको सामुहिक गाई हत्याको विरोधमा आज १२ गते सुर्खेतलगायत मध्यपश्चिम बन्दको आह्वान गरिएको छ । हिन्दु जागरण नेपाल सुर्खेतले विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेको हो । गाई हत्या नेपालको धर्म संस्कृति विपरित भएकाले हत्यामा संलग्न व्यक्तिलाई कडा कारबाहीको माग गर्दै विरोध स्वरुप बन्द आह्वान गरिएको हिन्दु जागरण नेपालका मध्यपश्चिम क्षेत्रका अध्यक्ष अन्जु बस्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय जनावर गाई तथा हिन्दुहरुको आस्थाको प्रतिक गौमाताको नियोजीत रुपमा निर्भमता पूर्वक हत्या गरेको छ । उक्त घटनाको घोर–भत्सना गर्दछौ ।’ पटक–पटक ध्यानाकर्षण गराउदा सरकारले कुनै चासो नदेखाएकोले विरोधस्वरुप मध्यपश्चिम बन्द गर्न लागेको विज्ञप्तिमा उल्लेख छ । हिन्दु जागरण नेपालले घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कडा कारवाहीको माग गरेको छ ।

यसैबिच सनातन हिन्दु राष्ट नेपाल नागरिक संघर्ष समीती सुर्खेतले गौहत्याको बिरोध स्वरुप प्रधान मन्त्रीलाइ ज्ञापनपत्र पठाएको छ । संयौको संङख्यामा उपस्थीत हिनदु धर्मावलम्बीहरुले प्रमुख जिल्ला अधिकारी महादेब पन्थ मार्फत गौहत्याको बिषयमा छानबिन गरि कारबाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।