लेखामा उजुरीको चाङ, सभापति चयन भएन

पुस २, काठमाडौं – संसद्को सार्वजनिक लेखा समिति नेतृत्वविहीन भएको तीन महिना बितिसक्दा पनि सभापति चयन प्रक्रिया नबढेको भन्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका छन् |
लेखा समिति आबद्ध केही सांसदहरूले समितिका क्षेत्राधिकारका धेरै सार्वजनिक महत्वका घटनाक्रम बढेको अवस्थामा समिति नेतृत्वविहीन भएको भन्दै चाँडोभन्दा चाँडो सभापति चयन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका गोरखापत्र दैनिकमा समाचार छ ।
समिति सदस्य रामहरि खतिवडासहित सांसदहरू दिलनाथ गिरी, मीना पुनलगायतले सभापति चयन प्रक्रियाका लागि सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराएका हुन् ।
तत्कालीन सभापति जनार्दन शर्मा मन्त्री बन्नुभएपछि समिति सभापतिविहीन छ । सार्वजनिक लेखा र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा छलफल गर्ने मुख्य जिम्मेवारी पाएको संसद्को सार्वजनिक लेखा समितिले चार महिनादेखि नेतृत्व पाउन सकेको छैन । सभापति नहुँदा समितिमा पुराना उजुरी थन्किएका छन् । चार महिनायता नयाँ उजुरी पनि दर्ता भएका छैनन् ।
ज्येष्ठ सदस्यबाट बैठक सुरु भएपछि एक महिनाभित्र स्थायी सभापति चयन गर्ने प्रक्रियामा दलीय सहमति नहुँदा समितिले सभापति पाउन नसकेको हो ।
ज्येष्ठ सदस्यबाट बैठक सुरु भएपछि एक महिनाभित्र स्थायी सभापति चयन गर्ने प्रक्रियामा दलीय सहमति नहुँदा समितिले सभापति पाउन नसकेको हो ।