दुई वर्षभित्र कलंकी–कोटेश्वर सडक विस्तार

मंसिर २५, काठमाडौं – कलंकीदेखि कोटेश्वरसम्मको १० दशमलव ३९४ किलोमिटर सडक आगामी दुई वर्षभित्र सम्पन्न हुनेछ । सन् ०१३ देखि थालिएको यो आयोजना ०१६ मा सम्पन्न हुनुपर्ने थियो । भूकम्प, निर्माण सामग्री अभावसहितका कारण सन् ०१८ जुलाई (०७५ मंसिर) मा सम्पन्न गर्ने गरी काम भइरहेको काठमाडौं चक्रपथ विस्तार योजना प्रमुख ज्ञानेन्द्र झाले जानकारी दिए।

यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
यस सडकखण्डमा पर्ने चार पुल निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । बटुवा हिँड्ने कुल ६ ‘ओभरहेड ब्रिज’मध्ये तीनवटाको निर्माण सम्पन्न हुने चरणमा छन् भने अन्यको काम सुरु भइसकेको छ । चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले यो सडक निर्माण गरिरहेको छ । आयोजनाका अनुसार निर्माणमा इन्जिनियर, सबइन्जिनियर र कामदार गरी एक सय ५० चिनियाँ खटिएका छन् । यो सडक विस्तारमा चीन सरकारको चार अर्ब रुपैयाँ अनुदान सहयोग छ । सडक विस्तारपछि ट्राफिक जाममा कमी आउने, धुलो धुँवा हट्ने र ‘मोबिलिटी’ बढ्ने अपेक्षा गरिएको छ । –