मेसी मात्र समावेश भएको खेलमा टुरानको ह्याट्रिक

मङ्सिर २२, काठमाडौं – ब्राजिलियन स्ट्राइकर नेइमार र उरुग्वेयन स्ट्राइकर लुइस सुआरेजलाई बिश्राम दिएर लिओनल मेसीलाई मात्र मैदानमा उतारेको बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातीको खेलमा बोरुसिया मोनचेनग्लाडबाचलाई ४–० ले पराजित गरेको छ।

समुह ‘सी’ अन्तर्गतको यस खेलमा टर्कीस स्ट्राइकर आर्डा टुरानाको पासमा मेसीले १६ मिनेटमा गोल गरेर घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। दोस्रो हाफपछि टुरानले ह्याट्रिक गरे। उनले १७ मिनेटभित्र तीन गोल गरेका थिए। टुरानले ५०, ५३ र ६७ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए।
समुह ‘सी’ मा बार्सिलोना ६ खेलमा १५ अंक बटुल्दै शीर्षस्थानमा रहयो। क्याटलान टोली यसअघि नै अन्तिम १६ मा समावेश भइसकेको छ। समुहमा ५ अंकसहित तेस्रो भएको मोनचेनग्लाड भने युरोपा लिगका लागि छनोट भएको छ।