मेलम्चीको पहेंलो पदार्थ सुन नभएको पुष्टि

मङ्सिर २१, काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने क्रममा भेटिएको पहेलो पदार्थ कुनै बहुमूल्य धातु नभएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

गत बिहीबार मेलम्चीको सुरुङ खन्दा अम्बाथान साइटमा बालुवाको कणमा पहेंले टल्कने पदार्थ फेला परेपछि सो पदार्थ सुन हुनसक्ने आशंकामा खानी तथा भूगर्भ विभागमा अन्वेषणका लागि पठाइएको थियो ।

विभागले गरेको प्रारम्भिक अध्ययनले सो पदार्थ सुन नभएको देखाएको आजको कारोबार दैनिकमा समाचार छ । विभाग स्रोतका अनुसार प्रारम्भिक अध्ययन तथा अन्नेषणले सो वस्तु सुन नभएको प्रमाणित गरेको हो । स्रोतका अनुसार त्यहाँको भौगोलिक अवस्थाअनुसार सुन हुनसक्ने सम्भावना अत्यतै कम छ ।

उक्त वस्तु के हो भन्ने विषमा भने मंगलबार औपचारिक रुपमा जानकारी दिइने विभागले जनाएको छ ।