आफ्नो तलव भुकम्प पिडितलाई दिने मनकारी सांसद गुरुङ !

काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा सांसद धनकुमार गुरुङले संसदमा बढेको तलव भत्ता भुकम्प पिडितलाई उपलव्ध गराउने भएका छन् ।

साउन देखि लागुहुने गरि आइतवार संसदमा पदाधिकारी सहित सांसदहरुको तलव बढेपछि जनस्थरबाट विरोध भैरहेको बेला नेता गुरुङले आफ्नो बढेको तलव भुकम्प पिडितलाई दिने निर्णय गरेका हुन् । उनले संसद सचिवालयमा लिखित निवेदन गर्ता गर्दै ‘भुकम्प पिडित राहत कोष’मा आफ्नो बढेको तलव जम्मा हुने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

जनताले राम्रोसंग खान र लगाउन नपाइरहेका वेलामा लोकतन्त्रमा आफ्नो तलव आफै बढाउने अधिकार सांसदलाई नभएको भन्दै बढेको तलव संसदबाट सिधै कोषमा जम्मा हुने वातावरण मिलाई सहयोग गरिदिन संसद सचिवालयलाई आग्रह गरेका छन् ।

स्याङजा देखि व्यावस्थापिका संसदमा प्रतिनिधित्व गरेका सांसद गुरुङले आफ्नो बढेको तलव भुकम्प पिडितलाई दिएर, तलव पुगेन भनेर संसदमा हल्ला गर्ने सांसदलाई राम्रोसंग झापड हानेका छन् ।