एमाले निजी स्वास्थ्य इलाका अध्यक्षमा कडेल

मङ्सिर १२, काठमाडौँ – नेकपा एमाले राजधानी पेसागत विशेष जिल्ला कमिटि अन्तगर्तको निजी स्वास्थ्यको दोस्रो इलाका अधिवेशन आज काठमाडौमा सम्पन्न भएको छ । अधिवेशनबाट प्रदिप कडेलको अध्यक्षतामा नया कमिटि गठन गरेको छ । जसमा उपाध्यक्ष लक्ष्मण भुर्तेल,सिन्धु उप्रेती र रमा पहारी रहेका छन् । यसैगरी सदस्यहरुमा जनार्जन पौडेल,रमा घिमीरे,सुष्मिता पाठक र क्षितिज गर्तौला रहेका छन् । अधिवेशनको सभापतित्व प्रदिप कडेलले गरेका थिए ।

प्रमुख अतिथिको स्रुपमा एमाले सभासद डा.राजन भट्टराई रहेका थिए भने अन्य अतिथिहरुमा पेशागत विशेष जिल्ला कमिटि अध्यक्ष प्रेम प्र पराजुली,निजी स्वास्थ्य इलाका इन्चार्ज नरेश्वर ज्ञवाली लगायतका अतिथिहरु उपस्थित रहेका थिए । कार्यक्रममा बोल्ने बिभिन्न वक्ताहरुले जसरी पनि बिभिन्न पेशामा आवद्ध पेशाकर्मीलाई एमालेको संगठनभित्र गोलवन्दी गर्नु पर्ने आजको आवश्यकता भएको बताएका थिए ।

नव निवार्चित अध्यक्ष कडेलले आगामी दिनमा निजी स्वास्थ्य सस्थामा व्यापक ।रुपमा सदस्यता वितरण गर्दै पार्टी कामलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । अध्यक्ष कडेल हाल मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भूमा लेखा अधिकृत पदमा कार्यरत छन् ।