नेपाल मेघा कलेजले तरकारीवालीलाई स्नातक र स्नातकोत्तर तहमा नि:शुल्क पढाउने

मङ्सिर ९, काठमाडौं – तरकारीवालीको रुपमा सामाजिक सञ्जालमा भाइरल भर्इ हाल विश्वभर चिनिएकी गोरखाकी कुसुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म अध्ययनको लागी काठमडौंको बबरमहलस्थित नेपाल मेघा कलेजले निशुल्क पढाउने कलेजका एमडी गोपाल खनालले बताए । मेघा कलेजले स्नातक र स्नातकोत्तर तहमा उनलाई छात्रवृत्ती दिएपछि उच्च शिक्षा हासिल गर्ने कुशुमको चाहना पूरा भएको छ ।

कुसम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा बुधबार एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्र निर्माता कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यमा छात्रवृत्ति प्रदान गरेको हो ।
शिक्षण शूल्क तथा छात्रवृत्ति प्रदान कार्यक्रममा पपुलर मल्टी मिडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनी, पपुलर मल्टी मिडियाले बनाउँदै गरेको चलचित्र ‘लम्फू’का निर्देशक गोपाल चन्द्र लामिछाने, चलचित्र निर्माता पुनम क्षेत्री गौतम, कलाकार सञ्जीत भण्डारी, बरिष्ठ साहित्यकार एलबी क्षेत्री, कुसुम श्रेष्ठका काका गोपिलाल श्रेष्ठ, क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिस चन्द्र शर्मालगायतको उपस्थिती थियो ।
आयोजक तथा पपुलर मल्टी मिडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनीले उनको पढ्ने चाहनालाई केही सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
नेपाल चलचित्र निर्देशक समाजका महा–सचिव तथा चलचित्र निर्देशक गोपाल चन्द्र लामिछानेले कुसुमलाई आफूले ‘लम्फू’ चलचित्रमा उनलाई सुहाउने गरी एक भूमिका रहेकोले अफर गरेको बताए ।
केही समयअघि कुसुमले तरकारी बोकेर हिँडिरहेको अवस्थामा खिचिएका दुई तस्वीर संसारभर भाईरल बनेका थिए। उनका फोटोमा ‘तरकारीवाली’ ट्याग लगाउँदै विश्वभरका करोडौँ मानिसले सामाजिक सञ्जालहरुमा शेयर गरेका थिए ।