झन्डै २ करोड भ्रष्टाचारमा २० लाख धरौटी बुझाएर भट्टराई धरौटीमा रिहा

मङ्सिर ९, काठमाडौँ – विशेष अदालतले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक ऋषिदेव भट्टराईलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले रु २० लाख बुझाएर उनलाई रिहा गर्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई मङ्गलबार एक करोड ९१ लाख भ्रष्टाचारको दाबीसहित मुद्दा दायर गरेको थियो।