सुजाता कोइरालाको उपचारका लागि सरकारले ५० लाखसम्म रकम व्यहोर्ने

su

 

कात्तिक २८, काठमाडौँ– मन्त्रीपरिषदको बैठकले विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटकमा अधिकतम ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको सिंहदरबरमा बसेको मन्त्रीपरिषदको बैठकले पुर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाको उपचारका लागि अधिकतम ५० लाखसम्म रकम व्यहोर्ने निर्णय गरेको खेलकुदमन्त्री दलजित श्रीपालीले रातोपाटीलाई जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले भने १५ लाखसम्म उपचार खर्च दिन सकिने कार्यविधि तयार पारेको थियो । स्तन क्यान्सरको उपचारका लागि कोइरालाले १ करोड रुपैयाँ माग गरेकी थिइन् ।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भूकम्पपछि बिस्थापित भएको शान्ति तथा निशस्त्रिकरण सम्बन्धि एसिया कार्यालय स्थापनाका लागि एक लाख ११ हजार ६ सय ८५ हजार डलर रकम छुट्याएको छ ।

त्यस्तै एसियाली विकास बैंकबाट प्राप्त हुने २ अर्ब सहयोग रकम स्वीकार गर्ने र बैठकले जनता आवास कार्यन्वयन कार्यविधि मन्त्रीपरिषदको आर्थीक पुर्वाधार समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ ।