बन्द गराउँदै हिड्ने ५ दर्जन चन्द माओवादी कार्यकर्ता पक्राउ, सुरक्षा व्यवस्था कडा

कार्तिक २८, काठमाडौं –विप्लव नेतृत्वको नेकपा (माओवादी) ले आयोजना गरेको नेपाल बन्दको प्रभाव काठमाडौं लगायतका मुलुकभरका प्रमुख सहरहरूमा देखिएको छ। बिहानैदेखि सार्वजनिक सवारी साधन सडकमा देखिएका छैनन् भने केही निजी मोटरसाइकल र ट्याक्सीहरू सडकमा चलिरहेका छन्।

सार्वजनिक सवारी साधन नचल्दा यात्रुल सास्ती बेहोर्नु परेको छ। यसैबीच प्रहरीले बन्द गराउँदै हिड्ने नेकपा (माओवादी) का करिब ५ दर्जन कार्यकर्तालाई राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ।
काठमाडौंका नेपाल प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार कालीमाटी, बानेश्वर, रत्नपार्क, महाराजगञ्जमा बन्द गराउन चोकमा भेला भएका उनीहरूलाई पक्राउ गरिएको बताए।
अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको उनले बताए।
नेकपा (माओवादी)ले खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै नेपाल बन्दको आह्वान गरेको हो।
प्रहरीले काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ। उपत्यकाका चोक चोक तथा भित्रि गल्लीमा सादा पोशाकका प्रहरी पनि खटिएका छन् ।