मेसी र सुआरेजको गोलले बार्सिलोना दोस्रो स्थानमा उक्लियो

कार्तिक २२, काठमाडौं –  कप्तान लियोनल मेसी र लुइस सुआरेजको गोलमा विजयी हुँदै बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

गएराति भएको खेलमा बार्साले सेभियालाई २-१ ले हराउँदै जित हात पारेको हो।
बार्सिलोनाले १ गोलको पछि परेको स्थिती उल्टाउँदै सेभियालाई पराजित गरेको हो।
खेलको १५ औं मिनेटमा घरेलु मैदानमा भिटोलोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकेन। ४३ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै खेल पहिलो हाफमै बराबरीमा पुर्‍याए। यस्तै दोस्रो हाफको ६१ औं मिनेटमा मेसीको पासमा सुवारेजले गोल गर्दै बार्सालाई स्पस्ट जित दिलाए।
जितसँगै ११ खेलबाट २५ अंकसहित बार्सिलोनाले शीर्ष दुईमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको रियल मड्रिड समान खेलबाट २७ अंक छ। २२ अंक भएको भिल्लारियल तेस्रो र २१ अंक भएको एथलेटिको मड्रिड तथा समान अंकभएको सेभिल्ला क्रमश चौथो र पाँचौ स्थानमा छन्।