राष्ट्र बैंकले झुत्रो पारेका नोटलाई सटही नगर्ने !

कात्तिक १९, काठमाडौं – दशैंतिहारका बेला संरक्षण नगरी झुत्रो पारेका नोटलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाले तत्काल सटही नगर्ने जनाएको छ ।दशैंतिहार बीचको एक महिनामा सिद्धार्थनगर शाखाले ३ अर्ब २५ करोडका नयाँ नोट वितरण गरेको थियो ।

उक्त रकम लुम्बिनी अञ्चलसहित रोल्पा र प्युठान गरी ८ जिल्लाका ४ सय २४ वटा बेंक तथा वित्तीय संस्थामार्फत वितरण गरिएको छ ।

नयाँ नोट एक महिनामै फटालेर बैंकमा तत्काल जम्मा वा सटही गर्न नल्याउन बेंक एवं वित्तीय संस्थालाई आग्रह गरिएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रेवतीप्रसािद नेपालले जानकारी दिए । अन्य महिनामा उक्त शाखाबाट मासिक औसत डेढ अर्ब पुराना नोटहरु वितरण हुने गरेको निर्देशक नेपालले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।