ढोका बन्द गरेर फुटवल खेलाइने

 

 

 

 

0

कात्तिक, १२ – वेष्टह्याम र चेल्सीबिचको खेलमा हिंसा दोहोरिएमा रंगशालाका सम्पूर्ण ढोका बन्द गरेर फुटवल खेलाइने भएको छ ।

अघिल्ला बोतल, कुर्सी, क्वाइनलगायतका सामानले दर्शकले खेलाडीलाई हान्दै अभद्र व्यवहार गरेका थिए । यसमा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । तीन जनालाई भने कारबाही पनि गरिसकेको छ । यो गल्ती फेरि दोहोरिए सम्पूर्ण ढोका बन्द गरेर खेल खेलाइने भएको छ ।

वेष्टह्यामको घरेलु मैदान लण्डनमा भएको खेलमा दर्शकले अभद्र व्यवहार गरेका थिए । त्यसको १४ दिनपछि वेष्टह्यामको वोर्डले सुरक्षाको विस्तृत योजना प्रिमियर लिगलाई बुझाउनु परेको थियो । यस्ता अभद्र व्यवहार दोहोरिए वष्टह्यामले सम्पूर्ण ढोका बन्द गरेर खेल खेलाउने भएको छ ।

यस्तै वेष्टह्याम र चेल्सीबिचको खेलामा हिंसा गरेको भन्दै आठ वर्षे बालिकालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले खलाडीमाथि बोतल हानेको आरोप लागेको छ ।