बहुमतका आधारमा अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोगको सिफारिस गर्ने

कार्तिक ११, काठमाडौं – महाअभियोग सिफारिस समितिले बहुमतका आधारमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोगको सिफारिस गर्न सक्ने भएको छ ।

सिफारिस समिति अन्तर्गतको चार सदस्यीय कार्यदलले कार्यविधि बनाएको छ । कार्यविधि बनाएर पूर्ण बैठकमा पेश गरेको छ । कार्यदलका संयोजक रामनारायण बिडारीले आज पनि अनौपचारिक छलफल हुने तर छलफल टुंगिन बाँकी छ ।
२५ गते संसद बैठक बस्नेछ । संसदमा सैद्धान्तिक छलफलपछि महाअभियोग प्रस्ताव समितिमा पठाइने छ । प्रस्तावित कार्यबिधि अनुसार सिफारिस समितिले अभियोग लगाएका व्यक्तिलाई उपस्थित हुन सात दिनको समय दिनेछ ।
सूचना नबुझेमा राष्ट्रियस्तरको सञ्चार माध्यममा सूचना प्रकाशित गरिनेछ र नआएमा कसुर सावित हुन्छ । छानविनपछि सिफारिस समितिले बहुमतमा आधारमा महाअभियोग सिफारिस गर्ने, नगर्ने निर्णय गर्न सक्ने छ । ११ सदस्यीय महाअभियोग सिफारिस समितिको पूर्व बैठक कात्तिक २६ गते बोलाइएको छ ।