पाकिस्तानमा प्रहरी तालिम केन्द्रमा हमला, ५० प्रहरीको मृत्यु

इस्लामावाद – पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरस्थित एक प्रहरी तालिम केन्द्रमा आतंकवादीले हमला गरेका छन् ।
महलामा कसम्तमा ५० जना प्रहरी जवान मारिएका छन् । आतंकवादीहरुले तालिम केन्द्रमा प्रवेश गरी आत्मघाती बिस्फोट गगराएको वीवीसीले लेखेको छ । प्रहरी तालिम केन्द्रमा प्रवेश गरेका तीन जना आक्रमणकारीको पनि मृत्यु भएको छ । हतियार र विस्फोटक पदार्थसहित प्रवेश गरेकाहरुले गरेको आतंकवादी हमलापछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।
घटनामा एक सयभन्दा बढी प्रहरी जवान घाइते भएका छन् । चार घण्टासम्म चलेको जवाफी कारबाहीमा सेना, प्रहरी र आतंकवाद विरोधी दस्तासमेत परिचालन गरिएको बताइएको छ । हमलामा आतंकवादी समूह लस्कर–ए–झाँगवीको हात रहेको हुनसक्ने अनुमान गरिएको छ ।