लोकमानलाई महाअभियोग लगाउन कांग्रेस सहमत

 

 

 

कात्तिक ७, दैलेख –  कांग्रेस नेता प्रकाशमान सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ताको महाअभियोगको पक्ष कांग्रेस पनि भएको बताउनुभएको छ ।

प्रेस युनियन दैलेखले आइतबार दैलेखमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले भन्नुभयो ‘लोकतन्त्र विरोधी लोकमानलाई हटाउन कांग्रेसको पनि सहमती हुन्छ ।’ अर्को प्रसंगमा नेता सिंहले नेपालको संविधानको कार्यान्वयन गर्न स्थानीय निर्वाचन आवश्यकता रहेको अंैल्याउनुभयो ।