उपेन्द्र यादवको कडा चेतावनी, समयमै संविधान संसोधन नगरे जनविद्रोह : उपेन्द्र यादवको

 

कात्तिक ६,  दोलखा – संविधान संसोधन गर्ने भन्दै पटक पटक म्याद नथप्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आग्रह गर्नुभएको छ ।
संविधान संसोधनकै लागि भनेर आफूहरुको समेत समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बनेकाले संविधान संसोधनका लागि आलटाल नगरी ठोस एजेण्डाका साथ अघि बढ्न उहाँले आग्रह गर्नुभएको हो । संविधान संसोधन गरेर आदिवासी जनजाती, मधेसी समुदाय, खस क्षेत्री, महिलालगायत उत्पिडित समुदायलाई अधिकार सम्पन्न गराए मात्रै संविधानलाई सबैले स्वीकार गर्ने उहाँले दाबी गर्नुभयो ।
दोलखा सदरमुकाम चरिकोटमा शनिबार संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमिति दोलखाको प्रथम जिल्ला अधिवेशनलाई सम्वोधन गर्न दोलखा आइपुग्नु भएका यादवले संविधान संशोधन नगरी जनतालाई अधिकार सम्पन्न नबनाए जनताले जनविद्रोह गर्ने दाबी गर्नुभयो ।
जनताले जनविद्रोहको बाटो रोज्न बाध्य भए नेपालको संविधान स्वत खारेज भई नयाँ संविधान जारी हुने उहाँले बताउनुभयो ।