लाेकमान विरुद्ध महाअभियोग लगाउन सांसदको माग

कात्तिक ३, काठमाडौँ –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउन सांसदहरूले माग गरेका छन् ।
आफ्नो योग्यतासम्बन्धी अदालतमा विचाराधीन एउटा मुद्दाको म्याद बुझ्न प्रमुख आयुक्त कार्कीले अस्वीकार गरेको भन्दै मंगलबारको व्यवस्थापिका–संसद् बैठकमा सांसदहरूले महाअभियोग नै लगाउन माग गरेका हुन् ।
सत्तारूढ दलकै सांसदहरूले संवैधानिक अंगका प्रमुखबाटै अदालतको आदेश कार्यान्वयनमा बाधा पु¥याएको भन्दै महाअभियोग लगाउन जोडदार माग गरे ।
सांसदहरूको मागलगत्तै सभामुख ओनसरी घर्तीमगरले लामो समयदेखि अलपत्र संसद्को महाअभियोग सिफारिस समिति गठनको गृहकार्यसमेत सुरु गरेकी छन् ।
कार्कीलाई महाअभियोग लगाउनुपर्ने त्रिवि अस्पतालका चिकित्सक डा। गोविन्द केसीको माग सम्बोधन गर्न जरुरी सार्वजनिक महवको प्रस्ताव दर्ता भएको र सर्वोच्च अदालतका न्यायाधीशकै विरुद्ध महाअभियोग प्रस्ताव पेस भएको अवस्थामा समेत यस्तो समिति गठनको पहल भएको थिएन ।
तर, मंगलबारको बैठकमा सांसदहरूले अख्तियार प्रमुख कार्कीको सन्दर्भ जोडेर समिति बनाउनुपर्ने माग गरेपछि सभामुख घर्ती मगरले यस्तो समिति गठनको पहल थालेकी हुन् ।
बैठकमा सांसदहरूले कार्कीको म्याद तामेली प्रकरणलाई सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको झमेला भनेर आँखा चिम्लन नमिल्ने बताउँदै कानुनको खिल्ली उडाउने व्यक्ति संवैधानिक पदमा रहिरहन नसक्ने भएकाले महाअभियोग लगाउनुपर्ने माग गरेका थिए । अाजकाे राजधानीमा समाचार छ।