भुटानद्वारा नेपालमा रहेका १५ हजार शरणार्थी फिर्ता लिन इन्कार

कात्तिक २,काठमाडौँ – शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने भएको छ । तर, भुटान सरकारले नेपालमा रहेका करिब १५ हजार शरणार्थी फिर्ता गर्न इन्कार गरेको छ ।

भुटानी शरणार्थीलाई ०४७ देखि सहयोग गर्दै आएको छ । तर, अबका तीन वर्षपछि सहयोग गर्न नसक्ने जनाएको छ । यही वर्षको अन्तिमदेखि अमेरिकासहितका मुलुकले शरणार्थी तेस्रो देश पुनस्र्थापना नगर्ने भनेका अाजको नयाँ पत्रिकामा समाचार छ ।

‘आगामी डिसेम्बरसम्म करिब एक लाख १७ हजार भुटानी शरणार्थीलाई पुनस्र्थापन गरिसकिएको छ,’ युएनएचसिआरको नेपालस्थित कार्यालयका एक अधिकारीले भने, ‘बाँकीलाई नेपालमा राख्न सकिनेबारे नेपालसँग कुराकानी गर्छौं र फर्काउने विषयमा भुटान सरकारसँग अनौपचारिक च्यानलबाट कुराकानी थाल्छौँ ।’

तर, भुटान सरकारले नेपालमा रहेका शरणार्थीहरू भुटानी नभएको भन्दै तेस्रो मुलुक पुनस्र्थापनमा पठाउन सुझाब दिँदै आएको छ । २९ असोजमा भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भुटानी प्रधानमन्त्री छिरिङ तोप्गेले शरणार्थी फिर्ता गर्न नसकिने कूटनीतिक सन्देश दिएका छन् ।