सरकारलाई दिएको समर्थन फिर्ता लिने मधेसी मोर्चाको चेतावनी

असोज ११,काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। मोर्चाको सोमबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको खबर आजको अन्नपूर्णमा समाचार छापिएको छ ।

बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले दाहालले मोर्चालाई धोका दिएको आरोप लगाएका थिए। बैठकपछि मोर्चाका नेता रामनरेश रायले मधेस आन्दोलनका क्रममा लगाइएको झुट्टा मुद्दा फिर्ता नभएकोमा बैठकले दुःख व्यक्त गरेको बताए ।