टिकापुर घटनाका अभियुक्त चौधरी कसरी त्यहाँ आइपुुगे थाहा भएन’ : प्रधानमन्त्री दाहाल

असोज ५, काठमाडौँ – प्रधानमन्त्रीको निजी सचिवालयले भारत भ्रमणका बेला घटनाका अभियुक्त रेशम चौधरीबीच भएको भेटघाट आकस्मिक रहेको दावी गरेको छ ।

गत शुक्रबार भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले प्रधानमन्त्री दाहाललाई मञ्चमै भेटेर हात मिलाउँदै कुराकारी गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालको चौधरीसँग भेटघाट आकस्मिक रहेको बताए ।

‘सार्वजनिक कार्यक्रममा उहाँ आउने विषयमा पूर्वजानकारी थिएन । प्रधानमन्त्रीसँग आकस्मिक रुपमा भेट भएको हो । कसरी आए त्यो थाहा भएन । धेरैको बीचमा चिन्ने कुरा पनि भएन,’ आचार्यले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।