‘लोकमानसँग कुरा मिलिसक्यो’ : प्रधानमन्त्री प्रचण्ड

असोज ५, काठमाडौँ – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग लडाकु, शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउनेबारे कुराकानी भइसकेको बताएका छन् ।

लाजिम्पाटस्थित निजी निवासमा मंगलबार बसेको माओवादी केन्द्रको हेर्डक्वार्टर बैठकमा दाहालले यस्तो बताएका हुन् ।

‘अदालतले कार्कीको नियुक्तिबारे फैसला पुनरावलोकन गर्ने भनेपछि उनले हाम्रो तर्फबाट केही सहयोग होला भन्ने अपेक्षा राखेका रहेछन्, म केही नभनी भारत भ्रमणमा हिँडेपछि ‘अदालतको कुरा मिलाइदिएन’ भन्ने उनको असन्तुष्टि देखियो,’ दाहालको भनाई उद्वृत गर्दै एक नेताले बताए ।

‘मैले सबै कुरा प्रष्ट बताइीदएको छु । कार्कीले ‘रियलाइज’ पनि गरेका छन् । अब अख्तियार र पार्टीको कुरा मिलिसक्यो भनेर बुझ्नस् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।