काठमाडौका विभिन्न विद्यालयमा बम विस्फोट गराउने प्रयास विफल

असोज ४,  काठमाडौ –  काठमाडौका विभिन्न विद्यालयमा बम विस्फोट गराइएको छ ।
बिहान लगभग एकै समयमा विद्यालय परिसरमा बम विस्फोटन गराइएको छ । काठमाडौको बौद्ध र डल्लुमा विस्फोट भएका छन् भने अन्य ठाउँमा बम निस्कृय गरिएको छ । विस्फोट भएका ठाउँमा क्षति भने भएको छैन ।
काठमाडौं र ललितपुरका विभिन्न विद्यालय अगाडि प्रेसर कुकर बम फेला परेको प्रहरीले बताएको छ । काठमाडौंको बौद्धस्थित राई स्कुल, दक्षिणढोकास्थित मनकामना स्कुल र डल्लुस्थित पन्चकन्या स्कुलमा एका बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा पनि प्रेसरकुकर बम भेटिएको छ । शंकास्पद वस्तु भेटिएको स्थानमा योंङ कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको छ ।