सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प

असोज ३, काठमाडौं – सिन्धुपाल्चोकलाई केन्द्रविन्दु भएर आइतबार राति ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको हो।

यसअघि १३ दिन अघि दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो।

२०७२ वैशाख १२ गतेको गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर भूकम्पपछि अझै परकम्प जाने क्रम रोकिएको छैन।

अहिलेसम्म ४ रेक्टर स्केल माथिका ४ सय ६९ वटा परकम्प गइसकेको  केन्द्रले जनाएको छ।