ग्यास दुर्घटनामा अब करोडसम्म क्षतिपूर्ति

भदौ ३१,काठमाडौं – खाजा पकाउने ग्यासको सिलिन्डर बिस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएको खबर आजको अन्नपूर्णमा छापिएको छ।

एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्तका लागि यस्तो व्यवस्था गरेको हो ।
ग्यास उद्योगीको बिमासम्बन्धी मापदण्डमा एकरुपता नहुँदा उद्योगका अवस्था र पीडितको पहुँचका आधारमा पीडितले यसअघिसम्म एकमुष्ट पाँच लाखदेखि २० लाखसम्म क्षतिपूर्ति पाउँदै आएका थिए। ‘अहिले हामीले मुलुकभरी एक रूपता ल्याउने गरी एउटा मापदण्ड तयार कार्यान्वयनमा ल्याएका छौ,’ संघका अध्यक्ष शिव घिमिरेले बिहिबार भने,‘ मापदण्ड भदौ १ गतेबाट लागू गरिसकेका छौ। अब देशभरका उपभोक्ताले एउटै दुर्घटनाबाट तीन प्रकारका समान रूपमा क्षतिपूर्ति पाउनेछन्।’