गायक तथा संगीतकार सुनील बर्देवाको निधन

 

भदौ २९ , काठमाडौं – गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार बेलुकी निधन भएको छ ।

Sunil Bardewaकलेजोको समस्याबाट पीडित उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले जानकारी दिए । उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निकै चर्चित छन् ।

पप गीतहरुमा संगीत संयोजन गर्ने उनी गीत समेत लेख्थे । बर्देवाका ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा’लगायतका गीति एल्बम निस्किएका छन् । एक छोरा र एक छोरी रहेका उनको श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको छ ।

बर्देवाको पार्थिक शरीरलाई श्रदाञ्जलीकालागि बुधबार बिहान नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमाराखिने जनाइएको छ । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।