जुम्लाका १० जना विद्यार्थीले क्यानडाका विभिन्न शैक्षिक संस्थामा गएर पढ्न पाउने

भदौ २७, काठमाडौँ – जयारत्न बोर्डिङ्ग स्कुल जुम्लामा अध्ययनरत विद्यार्थीले अब क्यानडाका विभिन्न शैक्षिक संस्थामा गएर पढ्न पाउने भएका छन् ।

अंग्रेजी वर्ष सन् २०१७ फागुनबाट प्रत्येक वर्ष १० जना क्यानेडियन विद्यार्थी जुम्ला आउने र जुम्लाका १० जना कर्णाली बोडिङ्गमा अध्ययनरत विद्यार्थीलाई क्यानडामा पढाउने सम्झौता भएको बोडिङ्गका व्यवस्थापक तथा नेपाल किताब खानाका शाखा अधिकृत जीवन बहादुर भण्डारीले बताउनु भयो ।
क्यानडा र जुम्लाका विद्यार्थी बिचको शिक्षालाई आदान प्रदान गर्नको लागि सम्झौता गरिएको उहाले जानकारी दिनुभयो । फागुन महिना देखि २ जना क्यानडियन भोलेन्डीएर जुम्लामा आई जनता उच्च मावि र कर्णाली बोर्डिङ्क स्कुल जुम्लाकोशैक्षिक कार्यमा संग्लन हुने बताउनु भयो ।