मंगलबार सार्वजनिक विदा दिने सरकारको निर्णय

भदौ २६, काठमाडौँ – इस्लाम धर्मावलम्बीको महान पर्व वकर इदको उपलक्ष्यमा सरकारले पर्सी मंगलबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी मंगलवार देशभर सार्वजनिक विदा दिने जनाएको हो ।

बकर इद तीन दिनसम्म मनाइने भएपनि सरकारले मंगलबारका लागि विदा दिएको हो । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।