किन बढदै छ नेपालमा आत्महत्या गर्नेको संख्या ?

भदौ २५ ,काठमाडौँ – आज  “विश्व आत्महत्या रोकथाम दिवस” विभित कार्यक्रम र  प्रभातफेरी कार्यक्रमको आयोजना गरिमनाइएको छ ।

द स्कुल अफ साइकोलोजी नेपाल र साइकडेस्क फाउण्डेसनद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभाग, युवा सहकार्य नेपाल, रक्षा नेपाल र आइसिडिसी नेपाललगायत विभिन्न सङ्संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता थियो ।

हरेक वर्ष सेप्टेम्बर १० तारिख विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाउने गरिन्छ । त्रिचन्द्र कलेज मनोविज्ञान विभागका उपप्राध्यापक डा नरेन्द्रसिह ठगुन्नाले सबैभन्दा बढी आत्महत्या हुने विश्वका १० देशमध्ये नेपाल सातौँ रहेको उल्लेखगर्दै आत्महत्या रोकथामका लागि नेपालमा व्यापक जनचेचना जगाउनुपर्ने बताए  ।

उनले नेपालमा हरेक दिन करिब एक दर्जन व्यक्तिले कुनै न कुनै कारणले आत्महत्या गर्ने गरेको जानकारीदिदैं दक्षिण एसीयाली सहयोग सङ्गठन (सार्क) राष्ट्रमा श्रीलङ्कापछि बढी आत्महत्या हुने देश नेपाल रहेको उनले बताए  ।

कान्तिपुर अस्पतालका मानसिक तथा नशा रोग विशेषज्ञ डा नरेन्द्र कटवालले नेपालमा आत्महत्या गर्ने मुख्य कारण मानसिक तनाव हो भन्दै “बेरोजगारी, तनाव, लागुऔषध, अत्याधिक मदिरा सेवन, घरायसी समस्या, र कसै कसैले वंशाणुगत कारणले पनि आत्महत्या गर्ने गरेको छ” उनले भने ।