संविधान संशोधनबारे प्रस्ताव बनाउन मधेसी मोर्चामा छलफल सुरु

भदौ २०,काठमाडौ – संविधान संशोधनबारे प्रस्ताव बनाउन मधेसी मोर्चाले छलफल सुरु गरेको छ ।

मोर्चा सहितको संघीय गठवन्धनले गठन गरेको कार्यदलले आजदेखि त्यसमा छलफल गर्दैछ । कार्यदलका सदस्य लालबाबु राउतले आजदेखि कार्यदलले छलफल गरेर संसोधन प्रस्ताव तयार गर्ने त्यसका आधारमा छलफल हुने जानकारी दिनुभयो । लक्ष्मणलाल कर्णको नेतृत्वमा गठबन्धनले हिजो कार्यदल बनाएको हो ।
कार्यदलमा लालबाबु राउत, वृषेशचन्द्र लाल, रामनरेश राय, केशव झा, गोपाल दहित, कुमार लिङ्गदेन र प्रेमबहादुर खाती कार्यदल सदस्य रहनु भएको छ । तीन सदस्य भने तय हुन बाँकी छ । संघीय गठवन्धनले संविधान जारी भएको समयमा तीन दिनसम्म विरोध कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।