स्याङजामा पहिरोले घर पुरिदा ४ जनाको मृत्यु, खोलाले बगाउँदा महिलाको मृत्यु

भदौ १९ ,स्याङजा- स्याङजामा आज बिहानै पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ ।

स्याङजाको क्वरेभन्ज्याङ्ग गाविस ७ उपल्लो ताप्केमा पहिरो जाँदा चार जनाको पुरिएर मृत्यु भएको हो । विहान २ बजेतिर पहिरो खसेको र ७८ बर्षका चन्द्रकला सारु मगर सहित उहाँको घरमा तिज मनाउन गएका चारजनाको मृत्यु भएको स्याङजा प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मल्याङ्गकोट ८ दार्सिङकी ३२ बर्षिया हुमकुमारी मस्याङदी, हुमकुमारीका छोरी ७ बर्षका पुनम र ६ बर्षका छोरा सुजनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । त्यस्तै महोत्तरीमा रातो खोलाले बगाँउदा एक महिलाको मृत्यु भएको छ । महोत्तरी पशुपतिनगर ६ बस्ने विल्टु महराको ५० वर्षिय श्रीमति पवित्री महराको मृत्यु भएको हो । पथलैहा बजारबाट घर फर्कने क्रममा रातो खोलामा आएको बाढीले महरालाई बगाएको स्थानीय सँजय कुमार महतोले जानकारी दिनुभयो । रातो खोलामा आएको बाढीले दूई विगाहा जमिन कटान गरेको छ ।