राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

भदौ १६ , काठमाडौ –राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।

सो भेटमा नेपालको संविधानअनुसार आगामी २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने विभिन्न निर्वाचन र संविधान कार्यान्वयनका विषयमा कुराकानी भएको बुझिएको छ ।