मोर्चाको माग यसै साता पुरा गर्छु – प्रधानमन्त्री

भदौ १३ , काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका बाँकी माग यसै साताभित्र पुरा गरेर उसँग संविधान संशोधनको सहमति गर्ने र त्यही आधारमा प्रतिपक्षीसँग छलफल अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

संविधान संशोधनको प्रस्ताव भदौ अन्तिम साता संसदमा प्रस्तुत गर्ने गरी मोर्चालगायतको गठबन्धनसँग सहमतिसाथ अघि बढ्ने दाहालले आइतबार सद्भावना अध्यक्ष राजेन्द्र महतसँगको भेटमा बताएको समाचार आजको अन्नपूर्णमा छापिएको छ।
महतोसँगको वार्तामा दाहालले ब्यक्त गरेका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मोर्चाका साथीहरू ढुक्क हुनुहोस्, सत्ता पक्षसँग सहमति गरी मोर्चाको समर्थनसाथ यसैसातादेखि संविधान संशोधनको प्रक्रिया आरम्भ हुन्छ। हामीबीचको सहमतिको दस्तावेजलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपा नेपालसँग सहयोगको लागि अघि बढ्नेछु।