जिल्ला अस्पताल उदयपुरका चिकित्सक अपेरेशन थियटरमा सुत्न बाध्य

भदौ ८ , उदयपुर – जिल्ला अस्पताल उदयपुर चिकित्सकहरु अपरेशन थियटरमा सुत्न बाध्य भएका छन् । अस्पतालमा चिकित्सकहरुलाई प्राईभेट क्वाटर नहुँदा अपरेशन थ्रेटरमा सुत्न बाध्य भएका हुन ।

५० शैया रहेको जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सकको त पदपुर्ती हुन सकेको छैन भने कार्यरतलाई चिकित्सकलाई आवाश्यक पर्ने क्वाटर नहुँदा चिकित्सकहरुले अस्पताल छाड्न थालेका छन् । बस्ने ठाँउनै नहुँदा अस्पतालतै छाडेर अन्त्र जिल्ला सरुवा र काज थालेपछि अस्पताल चिकित्सक विहिन समेत भएको छ । चिकित्सक मात्र नभएर मेडिकल सुपरिटेन्डेन्टले समेत कार्यकक्षलाई सुत्ने क्वाटर बनाएका छन ।
जिल्ला अस्पताल उदयपुरको प्रशासन शाखाले जानकारी दिए अनुसार विभिन्न रोगका १२ चिकित्सको दरबन्दी भए हाल दुई जना मात्र कार्यरत छन । अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिष्ण्ुाबहादुर बस्नेत र मेडिकल अधिकृत डाक्टर विशालकुमार देव रहेका छन् ।
कार्यालय प्रम्ख डाक्टर बिष्ण्ुाबहादुर बस्नेतले प्रमुख मेडिकल अधिकृत, कन्सल्टेन्ट जनरल फिजिसियन अधिकृत, कन्सल्टेन्ट अब्स एण्ड गाईनो अधिकृत, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन अधिकृत, पिडियाट्रिसियन अधिकृत, सर्जन अधिकृत, साईक्याट्रिष्ट अधिकृत र मेडिलक अधिकृत आठौं तह नभएको बताउनु् भएको छ ।
एनेस्थेसियामा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट अधिकृत समेत नभएको प्रमुख डाक्टर बस्नेतले बताउन भयो । यसैगरी डेन्टलमा शाखामा पनि शुन्य छन् । हुनुपर्नेमा डेन्टल सर्जन अधिृकत र डेन्डल हाईजिनिष्ट सहायक ह्ुनुपर्नेमा पनि हाल कोही छैन । फिजियोथेरापी लगायत अन्य अतिआयक कर्मचारी समेत छैन ।