प्रचण्डले दुइ छिमेकी मुलुक चीन र भारतमा एकैसाथ विशेष दुत पठाएर भुल गरे – उपेन्द्र यादव

भदौ ६ ,राजविराज – संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले दुइ छिमेकी मुलुक चीन र भारतमा एकैसाथ विशेष दुत पठाएर भुल गरेको टिप्पणी गरेका छन । संघीय प्रेस मञ्च सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गठबन्धन घटक फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले दुबै मुलुकमा दुताबास काठमाडौँमा हुँदाहुदैँ सरकारले आफ्नो किसीमले दुत पठाउने निर्णय गरेर टिप्पणी गरेका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो विशेष दुतका रुपमा चीनका लागी उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई र भारतमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पठाएका थिए । यादवले दाहाल सरकारबाट आफूहरु आशावादी रहेको भन्दै सरकार गठनअघि गठबन्धनसंग भएका सहमति कार्यान्वयन हुनेमा आफुहरु विश्वस्त रहेको समेत दाबी गरे ।