एमाले भन्छ- राष्ट्र र जनताको विपक्षमा आउने प्रस्ताव अस्वीकार्य

भदौ ६ , काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनप्रति सकारात्मक दृष्टिकोण रहे पनि राष्ट्र र जनताको विपक्षमा आउने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने घोषणा गरेको छ । स्थायी समितिको जारी बैठकले सो निर्णय गरेको हो ।

‘हाम्रो पार्टी सैद्धान्तिक रुपमा संविधानको संशोधनप्रति सकारात्मक दृष्टिकोण राख्छ । तर, राष्ट्र र जनताको विपक्षमा आउने कुनै पनि प्रस्तावलाई अस्वीकार गर्ने कुरा बैठकले स्पष्ट गरेको छ,’ बैठकपछि एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।
एमालेले नयाँ सत्ता समीकरणका नेतृत्वकर्ता दलहरुको गतिविधि र नियत कुनै पनि निर्वाचन नगराई मुलुकलाई संवैधानिक रिक्ततातर्फ धकेल्ने रहेको भन्दै पूर्ववर्ती सरकारले घोषणा गरेअनुरुप नै निर्वाचन हुनुपर्ने निष्कर्षसमेत निकालेको छ । आजको राजधानी दैनिकमा खबर छ ।