नेपालले आज मंगोलियाको टिमसँग खेल्दै

भदौ ५ , काठमाडौँ – एएफसी कप फुटबलको प्ले अफ छनौट अन्तर्गत नेपालको थ्रिस्टार क्लबले आयोजक मंगोलियाको इर्चिम क्लबसँग खेल्दैछ ।

थ्रिस्टारले नेपालको राष्ट्रिय लिग विजेताको हैसियतमा खेल्न लागेको हो । अर्को चरणमा छनौट हुने लक्ष्यका साथ खेल्न लागेको टोलीले दाबी गरेको छ ।
इर्चिमसँग पहिले पनि नयाँ टोलीसँग जस्तो अप्ठ्यारो नहुने थ्रीस्टारको दाबी छ । प्रत्येक चरणको उत्कृष्ट टोलीले अर्को चरणमा प्रवेश पाउनेछ ।