नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी

भदौ २ , काठमाडौँ – नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी भएका छन । माउपार्टी नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवा निकट महर केही बेरअघि सम्पन्न सभापतिको मत गणनामा १४ सय ३५ मत ल्याएर विजयी भएका हुन । उनले अध्यक्षका अर्का उम्मेद्धवार मनोजमणि आचार्यलाई १ सय १९ मतले पछि पारेका विजयी भएका हुन । आचार्यले १३१६ मत ल्याएका थिए । यस्तै महामन्त्रीमा पनि महरकै प्यानलका कुन्दनराज काफ्ले र सरोज थापा विजयी भएका छन ।

यस्तै उपाध्यक्ष पदमा प्रदेश नम्वर १ बाट विकास केसी, प्रदेश नम्वर २ बाट सञ्जय यादव र प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन । निर्वाचनको मतपरिणामको आधिकारीक घोषणा भने हुन बाँँकी छ ।