पशुपतिनाथको आम्दानीले तलबभत्ता नै पुग्दैन

भदौ २ , काठमाडौँ – पशुपतिनाथ मन्दिरका मूलभट्ट, भट्ट, भण्डारी र रैरकर्मीको तवब भत्ता र खर्च गत वर्ष आम्दानीभन्दा बढी भएको छ।

पशुपतिनाथ, वासुकीनाथ, मूल मन्दिरपरिसरको हुन्डी, हनुमान र नारायण मन्दिर, नवग्रह, जुत्ताचप्पल र अन्य गरी वर्षभरि भएको आम्दानीभन्दा झन्डै तीन करोड रूपैयाँ बढी तलबभत्ता र सुविधामै खर्च भएको खबर आजको अन्नपूर्णमा छापिएको छ।
गत आर्थिक वर्षमा चार करोड सात लाख ९३ हजार पाँच सय ४६ रुपैयाँ आम्दानी भएको छ भने सात करोड ४५ लाख ७७ हजार नौ सय चार रुपैयाँ खर्च भएको छ ।
पशुपति क्षेत्र विकास कोषले मन्दिरको भेटीघाटी पारदर्शी गरी मन्दिरको आयव्यय चुस्त र दुरुस्त बनाउँदै बचेको रकम जीर्णोद्धार, पुनर्निर्माणलगायत काममा खर्च गर्ने लक्ष राखी मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८को मन्त्रिपरिषद बैठकले पास गरेपछि चैत आठदेखि लागू भएको थियो।