नेविसङ्घको विवाद मिल्यो, आज उम्मेदवारको मनोनयन, भोली मतदान

साउन ३२, काठमाडौं – नेपाल विद्यार्थी सङ्घको ११आै महाधिवेशनको प्रतिनिधिका बारेको विवाद मिलेको छ ।

फर्जी प्रतिनिधि खारेज गर्ने विषयमा सहमति भएपछि विवाद मिलेको नेविसङ्घका प्रवक्ता युपी लामिछाने बताए ।
नेताहरुले महाधिवेशनमा फर्जी प्रतिनिधि रहेको भनी असहमति जनाइएको थियो ।
लामिछानेका अनुसार विवाद मिलेपछि रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।
अब मङ्गलबार गर्ने भनिएको मतदान बुधबार हुने र उम्मेदवारको मनोनयनको समय थप गरिएको छ । उनका अनुसार उम्मेदवारको मनोनयन आज बिहान ११ बजेसम्म राखिएको छ ।
यही साउन २३ गते भृकुटीमण्डपमा उद्घाटनपछि महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको थियो ।